रुस-युक्रेन युद्ध चर्कियो

एजेन्सी, २३ वैशाख । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि रुस र युक्रेनबीचको युद्ध अन्त भइहाल्ने अपेक्षा गरिएको थियो । त्यसको ठिक विपरित युद्ध चर्कन थालेको छ ।
ट्रम्पले युद्ध अन्तका लागि निकै पहल गरे । उनले युक्रेनलाई सैन्य सहयोग बन्द गरे । तर, यूरोपेली देशहरुको सैन्य सहयोग जारी रह्यो र युक्रेन युद्धमा होमिइरह्यो ।
मंगलबार युक्रेनले मस्कोमा ड्रोन हमला गरेको छ । त्यसले क्षति पनि पुग्यो । मस्को एयरपोर्ट नै बन्द गरियो ।
रुसले जवाफी हमला गरेको छ । उसले पनि आक्रमण बढाएको छ । युद्ध झन् झन् चर्किन थाल्दा विश्व बजार प्रभावित भएको छ ।