१६ बैशाख २०८२, मंगलबार | April 30, 2025

गगन थापासँग किन आयो अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश


747
Shares

काठमाडौं, १६ वैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश गरेको छ । मंगलबार न्यायाधीशहरु सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले संवैधानिक निकायका ५२ जनाको नियुक्तिको मुद्दामा बार्गेनिङ गरि झुलाएको भन्ने अभिव्यक्तिमा उक्त आदेश जारी गरेको हो ।

थापाले ११ वैशाखमा सार्वजनिक कार्यक्रममा सर्वोच्च अदालतले संंवैधानिक निकायका पदाधिकारी नियुक्तिमा डिल गरिरहेको भन्दै जनतामा संशय पैदा भएको टिप्पणी गरेका थिए । उनले अदालतले नियुक्तिबारे गर्नुपर्ने फैसला ४ वर्ष लगाइसकेको मात्र भनेनन् अदालतले  निर्णय लिनुपर्नेमा ‘तलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको बताएका थिए ।

थापाको अभिव्यक्तिपछि अनन्द लुइँटेलसहितका कानून व्यवसायीले अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए आइतबार । त्यसको पेशी पहिलो नम्बरमा तोकिएर आदेश आएको हो ।

१० वैशाखमा नेपाली पेनमाथि संवैधानिक निकायका ५२ जनाको नियुक्तिको विषयसँग जोडेर खबर प्रकाशित गरेर न्यायिक प्रक्रियालाई अवरोध गर्न खोजेको र प्रधानन्यायाधीशको अवहेलनासम्बन्धी मुद्दा दायर भएको भोलिपल्ट थापाको अभिव्यक्ति आयो । थापाले दिएको यो अभिव्यक्तिले तरंग ल्याएको छ ।

५२ जनाको नियुक्तिबारे अदालतले अलमल गर्दै आएको छ । यसपटक सुनुवाई निरन्तर गरेर फैसला गर्ने भनिएको छ । तर, ४ वर्ष बिताइसकेका र केही त उमेरहद पार गरेर गइसकेकाहरुको मामलामा ढिलाई भयो । यसले सशंय पैदा भएको विषय थापाले नै उठाए ।

प्रतिक्रिया