१३ बैशाख २०८२, शनिबार | April 26, 2025

पाकिस्तानले कस्का लागि आतंकवादलाई सहयोग दियो ?


996
Shares

एजेन्सी, १३ वैशाख । सँसारका खुँखार इस्लामिक संगठनका रुपमा चिनिन्छन् अल कायदा, आइएस, लस्कर ए तोयबालगायत । ती संगठन पाकिस्तानमा बलियो अवस्थामा छन् । तालिवानले पनि पाकिस्तानबाट साथ पाएर अफगानिस्तानको सत्ता कब्जा गरे । यस्ता तथ्यका कारण पनि पाकिस्तानमाथि आतंकवादलाई प्रश्रय र आश्रय दिएको आरोप लाग्छ ।

शुक्रबार पाकिस्तानका रक्षामन्त्री खावाजा असिफले आफ्नो देशले पश्चिमाका लागि आतंकवादीलाई सहयोग गरेको स्वीकारेका छन् । उनले क्षेत्रीय तनावका लागि पश्चिमाहरुको भूमिका कारक रहेको समेत बताए । पाकिस्तानले आतंकवादलाई सहयोग गरेको विषय पुष्टि हुने आधार बन्यो । तर, उसलाई कस्को दबाब र प्रभाव छ भन्ने पनि चासो बनेको छ ।

रक्षान्त्री असिफले त पश्चिमा देशसहित बेलायत र अमेरिकामाथि पाकिस्तानलाई आतंकवादलाई सहयोग गर्न लगाएको विषय बाहिर ल्याए ।

स्काई न्युजमा अन्तवार्ता दिर्दै पश्चिमा शक्तिलाई दशकौं देखि साथ दिन आतंकवादीलाई समेत साथ दिने फोहोरी खेल भएको बताए । अमेरिका र बेलायतको नामै लिएर त्यस्ता फोहोरी खेल भएको उल्लेख गरेका छन् ।

हुनपनि पाकिस्तानले अफगानिस्तानमा रुसविरुद्धको युद्धमा अमेरिकालाई साथ दियो । अल कायदाले समेत पाकिस्तानबाट साथ पायो । पछि अल कायदा नेता ओसामा बिन लादेन पाकिस्तानी भूमिमा मारिए । तालिवानले त सत्ता कब्जा अघि पाकिस्तानमा अड्डा बनाएका थिए ।

जुम्ल्याहा भवन ध्वस्त पारिएको सेप्टेम्बर ११ पछिको युद्धमा पाकिस्तान अघोषित रुपमा सहभागी भयो । तालिवानको लडाईंमा सहभागी भयो ।

काश्मिरमा भएका कतिपय हमलामा पाकिस्तानमाथि आरोप लाग्यो । मुम्बई हमलामा पनि पाकिस्तानको भूमिकाको विषय आयो । यसकारण पनि पाकिस्तानले आतंकवादलाई साथ दिनेगरेको देखिन्छ । उसले पश्चिमाको हितमा काम गर्दै आयो ।

प्रतिक्रिया