१० बैशाख २०८२, बुधबार | April 23, 2025

हिन्दूवादी नेता मोदीको इस्लामिक राष्ट्र साउदीमा भव्य स्वागत


0
Shares

एजेन्सी, १० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दूवादी नेताको परिचय समेत बनाएका छन् । राष्ट्रिय स्वयंसेवक संघको कार्यकर्ता हुँदै भाजपाको राजनीतिबाट मोदी प्रधानमन्त्री सम्म भए । उनीमाथि मुसलमानप्रति कडा नीति लिएको आरोप पनि छ ।

मोदीप्रति मुसलमान राष्ट्रहरुको दृष्टिकोणबारे टिकाटिप्पणी भइरहन्छ । तर, उनको इस्लाम देशहरुमा पनि भव्य स्वागत हुन थालेको छ । मोदी युएइएको भ्रमणमा जाँदा मन्दिर गएको चर्चा चल्यो । उनी बहराइनलगायत इस्लाम देशहरुमा पनि पुगेका छन् ।

विश्वको सबैभन्दा बढी मुसलमान जनसंख्या भएको इन्डोनेशियाका राष्ट्रपति भारतको गणतन्त्र दिवसको विशेष अतिथि नै भए ।

मोदीले ९ वैशाखबाट साउदी अरबको भ्रमण सुरु गरेका छन् । साउदी अरब मुसलमानहरुको पवित्र तीर्थस्थल मक्का मदिना रहेको देश हो । साउदी अरबमा मोदीको भव्य स्वागत भयो । बन्दे माथरम गीत गाएर मोदीको स्वागत गरियो साउदीमा ।

मोदी मुसलमानप्रति जति अनुदार छन् मुसलमान देशहरुसँग सुमधुर सम्बन्ध बनाउन उत्ति नै खप्पिस देखिएका छन् ।

प्रतिक्रिया