८ बैशाख २०८२, सोमबार | April 21, 2025

युक्रेन युद्ध अन्त गर्ने ट्रम्पको प्रयास विफल भएपछि हात झिक्दै


913
Shares

काठमाडौं, ६ वैशाख । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि युक्रेन युद्ध अन्त हुने अपेक्षा गरिएको थियो । ट्रम्पले निर्वाचित भएलगत्तै युद्ध अन्त हुने बताएका थिए । तर, उनको प्रयास विफल भएको छ ।

जनवरी २०२५ मै युद्ध अन्त गर्ने भनिएपनि चार महिना बितिसक्दा पनि हजारौंको ज्यान जानेगरी युद्ध भइरहेको छ । ट्रम्पले हप्तामै २५ सय युवा युद्धमा मारिइरहेको भन्दै रोक्न नचाहनेलाई मूर्ख भनेका छन् ।

ट्रम्पले युक्रेन युद्ध अन्त गर्ने मध्यस्थकर्ताबाट पनि हात झिक्ने बोलेका छन् । मार्को रुबियोले यूरोप पुगेर यही अभिव्यक्ति दिएलगत्तै ट्रम्पले पनि दिएका छन् ।

युक्रेन युद्धमा यूरोपका शक्तिशाली देशले भूमिका खेलिरहेका छन् । बेलायत र फ्रान्स सुरक्षा बजेट बढाएर युक्रेनलाई सहयोग दिइरहेका छन् । यसले पनि युद्धलाई लम्ब्याएको छ ।

प्रतिक्रिया