६ बैशाख २०८२, शनिबार | April 19, 2025

जगमान गुरुङद्वारा सामूहिक गिरफ्तारी दिने घोषणा


1.5k
Shares

काठमाडौं, २७ चैत्र । राजावादी आन्दोलनका लागि गठित समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । बुधबार समितिले आयोजना गरेको प्रतिवद्धता कार्यक्रममा बोल्दै उनले वैशाख २२ गतेसम्म सामूहिक गिरफ्तारी दिने घोषणा गरे ।

समितिका संयोजक नवराज सुवेदीको नजरबन्द हटाउनुपर्ने, १५ चैत्रको कार्यक्रमपछि जारी वारेन्ट खारेज गर्नुपर्नेलगायतको माग राखी आन्दोलन बढाइने समेत बताए । आन्दोलन शान्तिपूर्ण हुने भन्दै गुरुङले भने, ‘हाम्रो आन्दोलन भद्रअवज्ञा हुन्छ ।’

राजावादीको आन्दोलन हिंसामा परिणत भएपछि विभिन्न टिकाटिप्पणी हुँदै आएको थियो । योसँगै उनीहरुले आन्दोलनको स्वरुप र शैली बदलेका छन् ।

प्रतिक्रिया