६ बैशाख २०८२, शनिबार | April 19, 2025

रविन्द्र र धबलको नयाँ वर्ष हिरासतमै


415
Shares

काठमाडौं, २६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धबल शमशेर राणाको नयाँ वर्ष पनि हिरासतमै बित्ने भएको छ । प्रहरीले उनीहरुलाई थप १५ दिन हिरासतमा राख्ने अनुमति लिएपछि उनीहरुको नयाँ वर्ष पनि उतै बित्ने भएको हो ।

राज्यविरुद्धको कसुरमा रविन्द्र र धबलविरुद्ध मुद्दा चलाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले थप १५ दिन हिरासतमा राख्ने अनुमति दिएका हुन् ।

१५ चैत्रमा दुर्गा प्रसाईँ कमाण्डर भएको राजावादी आन्दोलनमा रविन्द्र र धबल पक्राउ परेका थिए । प्रसाईँ भने फरार छन् ।

प्रतिक्रिया