६ बैशाख २०८२, शनिबार | April 19, 2025

कमजोर धरातलमा राजावादी आन्दोलन


1.4k
Shares

समाचार विश्लेषण । राजावादी आन्दोलन फागुनको २५ गतेको पूर्वराजा ज्ञानेन्द्रको स्वागतले जे जति उचाईमा पुग्ने अपेक्षा गरिएको थियो त्यो चैत्र १५ गते पुगेको देखिएन । बरु सत्तापक्षले आन्दोलन दबाउन रणनीतिक सफलता हासिल गर्न सक्यो ।

तीनकुने घटनाले राजावादी तितरवितर जस्तै भए । कतिलाई पक्राउ गरियो र कतिपय फरार भए । जसमध्ये दुर्गा प्रसाईँ पनि एक हुन् । आन्दोलनको कमाण्डर नै फरार भएपछि आन्दोलन कमजोर हुने भइहाल्यो ।

राजावादी आन्दोलनको नेतृत्वकर्ताबारे पनि विवाद भयो । नवराज सुवेदीलाई सबै राजावादीले स्वीकारेनन् । राप्रपा, राप्रपा नेपालका अलावा केशरबहादुर बिष्ट, किशोरी महतो समूहमा राजावादी विभाजित छन् । उनीहरु एकले अर्कालाई स्वीकार्न नसक्दा पनि बलियो हुन सकेका छैनन् ।

राप्रपाको आफ्नै आन्दोलन छ । अन्य समूह आफ्नै ढंगले बढेका छन् । राजावादीको शहर केन्द्रित आन्दोलन चलिरहेको छ । दुरदराजका गाउँसम्म राजावादीको प्रभाव देखिएको छैन । नयाँ पुस्ताका युवाविद्यार्थीमाझ राजावादी सांगठनिक रुपमा कमजोर छन् ।

आन्दोलनको उद्देश्य मात्र राजालाई गद्दीमा राख्ने जस्तो मात्र देखिदैछ । राजा सेरेमोनियल हो कि सक्रिय ? स्पष्ट छैन । राजावादीले हिन्दु विचार र हिन्दुराष्ट्रको आन्दोलनलाई ओझेलमा पारेका छन् । यसले पनि हिन्दुवादी राजावादीसँग सशंकित छन् ।

राजावादीको आन्दोलन कमजोर धरातमा टेकेर बढाउन खोजिएको छ । जसका कारण उनीहरु फलाम जस्तै तात्ने र सेलाउने गर्दै आएका छन् ।

प्रतिक्रिया