२५ चैत्र २०८१, मंगलबार | April 8, 2025

शैक्षिक हडतालको घोषणा गर्दै शिक्षक सडकमा


498
Shares

काठमाडौं, २५ चैत्र । शिक्षकहरु अझै सडक आन्दोलनमा छन् । २० चैत्रबाट राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकले विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

नेपाल शिक्षक महासंघले २५ चैत्रबाट शैक्षिक हड्तालको घोषणा गरेर आन्दोलन चर्काएका छन् । आन्दोलन अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन एवं विभिन्न तालिम गोष्ठी सार्वजनिक कार्यक्रममा सरिक नहुने घोषणा गरेका छन् ।

शिक्षकको माग सम्बोधन गर्न संसदबाट ऐन पारित गर्न दबाब परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिक्षकको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । तर, शिक्षकहरु पछि हटेका छैनन् ।

प्रतिक्रिया