१८ चैत्र २०८१, मंगलबार | April 2, 2025

गणतन्त्रवादी–राजावादी जम्काभेट भए के होला ?


249
Shares

काठमाडौं,१४ चैत । गणतन्त्रवादी–राजावादी आज एकै दिन एकै समयमा काठमाडौं उपत्यकामा प्रदर्शनमा उत्रिएका छन् । उत्यकाका विभिन्न ठाउँहरुबाट नारा जुलुससहित सभा सुरु भएको छ । तीनकुनेमा राजावादीको प्रहरीसँग झडप भइसकेको छ ।

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध छन् ।

राजावादीहरुको नेतृत्व पूर्वपञ्च नवराज सुवेदी र प्रदर्शनको कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका छन् ।

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति प्रशासनको छ । त्यसैले दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।

प्रतिक्रिया