१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

अब बारको नेतृत्व पुस्तान्तरण


2.6k
Shares

आशिष पौडेलः नेपाल बार एसोसिएशनको अध्यक्ष पदका लागि म अधिवक्ता आशिष पौडेलको उम्मेदवारी र मेरो घोषणापत्र तपाईंहरू सामु प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु। मेरो लक्ष्य नेपालको कानूनी पेशालाई अझ बलियो, पारदर्शी र समावेशी बनाउनु हो र न्यायापालिकाको रुपान्तरण र बारको नेतृत्वको पुस्तान्तरण गर्नु हो। यस घोषणापत्रमा मैले तपाईंहरूका आवश्यकताहरू, चुनौतीहरू, र आकांक्षाहरूलाई केन्द्रमा राखेर यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रमहरू प्रस्ताव गरेको छु।

**### १. कानून व्यवसायीहरूको लागि कार्यक्रम **###

1. वार्षिक रुपमा १० (दश) जना कानून व्यवसायीहरुलाई कानूनमा स्नातकोत्तर तह (LL.M.) अध्ययनको लागि पूर्ण छात्रवृत्ति र १० (दश) जनालाई अर्ध छात्रवृत्तिको व्यवस्था गरी नेपाल बार एसोसिएसनले प्रदान गर्ने । छात्रवृत्ति मध्ये ३३% छात्रवृत्ति महिला कानुन व्यवसायी लगायतका विभिन्न वर्गहरुलाई अनिवार्य रुपमा नि:शुल्क छात्रवृत्ति प्रदान गर्ने सुनिश्चिता गर्ने। विद्यावारिधी गर्ने र सोधपत्र तयार गर्ने, कानूनी क्षेत्रमा अनुसन्धान गर्नेहरुलाई अनुदानको व्यस्था गर्ने। कानून व्यवसायीहरुको वृत्ति विकासको लागि सिफारिस गर्ने।
2. हरेक विधा, प्रतिस्पर्धामा सबै तह, उमेर, वर्ग, लिंग, समुदायको समान पहुँच, प्रतिनिधित्व र संलग्नताको लागि प्रोत्साहित गर्ने खालको कार्यक्रम, का६र्यविधि संविधानमा व्यवस्था गरिएको प्रावधान लागू हुनुपर्ने सुनिश्चिताको लागि आवश्यक प्रबन्ध मिलाउने। हरेक समितिमा न्युनतम ३३% महिलाको सहभागिता सुनिश्चितता हुने गरि विधान संशोधन गर्ने।
3. महिला कानून व्यवसाय मैत्री हुने गरी बार र अदालतमा स्तनपान कक्ष र बालबालिका खेलकुद कक्षको व्यवस्था गर्ने।
4. युवा कानून व्यवसायीहरूका लागि प्रैक्टिस सेटअपका लागि ब्याजमुक्त कर्जा सुविधा उपलब्ध गराउने।
5. नवोद�

प्रतिक्रिया