१७ चैत्र २०८१, सोमबार | April 1, 2025

कुलमान घिसिङ अदालत पुगे, अब के होला ?


332
Shares

काठमाडौं, १३ चैत्र । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तगीमा परेका कुलमान घिसिङ अदालत पुगेका छन् । उनका तर्फबाट लोकमण पोखरेलले रिट दर्ताका लागि निवेदन दिएका छन् ।

रिटमा नेपाल सरकार, ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई विपक्षी बनाइएको छ । सरकारले सोमबार घिसिङलाई बर्खास्त गरेको थियो ।

प्राधिकरणमा हितेन्द्र शाक्य नियुक्त भएका छन् । तर, कुलमानले रिट निवेदन लगेकाले अन्तरिम आदेश जारी हुने या नहुने चासो बढेको छ । जारी भएमा उनी फेरि प्राधिकरण फर्कनेछन् ।

प्रतिक्रिया