विश्वकप फुटबलमा कुन कुन देश छनोट भए

एजेन्सी, १३ चैत्र । विश्वकप फुटबल हुन अब एक वर्ष बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा हुने सन् २०२६ को विश्वकपमा आयोजक स्वतः छनोट भइसकेका छन् ।
४८ देशले पहिलोपटक भाग लिने विश्वकप २०२६ मा जापान प्रतिष्पर्धाबाट छनोट हुने पहिलो देश हो । एशिया प्यासिफिकबाट जापान छनोट भएको हो । इरान पनि छनोट भइसकेको छ ।
ओसेनियाको च्याम्पियन बनेर न्युजिल्यान्ड पनि छनोट भएको छ । दक्षिण अमेरिकाबाट अर्जेन्टिना छनोट भएको छ । अर्जेन्टनाले बुधबार विहानको खेलमा ब्राजिलमाथि ४-१ को जित निकाल्यो ।