५ चैत्र २०८१, बुधबार | March 20, 2025

राजनीतिमा तान्न खोजेपछि सेना बोल्यो


2.2k
Shares

काठमाडौं, ६ चैत्र । राजनीतिमा तान्न खोजिएपछि नेपाली सेना बोलेको छ । राजा फर्काउने आन्दोलनमा लागेकाहरुले सेनालाई समेत जोड्न खोजेपछि सेनाले विज्ञप्ति जारी गरी संविधान प्रदत्त जिम्मेवारीहरु पूरा गर्न नेपाली सेना सदैव कटिवद्ध रहेको स्पष्ट पारेको छ ।

देशको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र उल्लेख छ । सेनाले संविधान अनुसार चल्ने भनेर राजनीतिमा जोड्न खोज्नेलाई जवाफ दिएको छ ।

सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारीहरु पुरा गर्न सदैव कटिवद्ध रहेको भनेको हो ।

प्रतिक्रिया