५ चैत्र २०८१, बुधबार | March 19, 2025

परराष्ट्रमन्त्री राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


1.2k
Shares

काठमाडौं, ५ चैत्र । परराष्ट्रमन्त्री आरजु राणा र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीमा भएको भेटमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनेबारे कुराकानी भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार राणाले दुई देशका प्रधानमन्त्रीहरुको भ्रमणबारे पनि कुराकानी गरेकी छिन् । उनले उच्चस्तरीय भ्रमणले सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएकी थिइन् ।

राणा भारत भ्रमणमा छिन् । उनी केही दिन धार्मिक भ्रमण गरेर दिल्ली पुगेकी हुन् ।

प्रतिक्रिया