उर्लाबारी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पोषण आचार्य विजयी

मोरङ,५ चैत्र। मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु सभापतिमा नेविसंघका पोषण आचार्य विजयी भएका छन् ।
आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
एमाले निकट अनेरास्ववियुको तर्फबाट गौतमबुद्ध तामाङ र अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट दिपेन्द्र बराईली अध्यक्षका उम्मेदवार थिए ।
यसअघि सो क्याम्पसमा नेविसंघका विवेक कार्की प्यानलसहित स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।