३ चैत्र २०८१, सोमबार | March 18, 2025

पिके क्याम्पसको नेविसंघको आधिकारिक उम्मेदवार गगन थापानिकट भूपी ऐर


83
Shares

काठमाडौं,४ चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पद्मकन्या क्याम्पसको आधिकारिक उम्मेदवार भूपी ऐरलाई बनाएको छ । बागी उम्मेदवारी दिएकी भूपी ऐरलाई नै संगठनले आधिकारिक उम्मेदवार बनाएको हो ।

नेविसंघले पुर्णिमाया परियारलाई सभापति उम्मेदवार बनाएपछि ऐर बागी उठेकी थिइन् । ऐर हालको स्ववियू सचिव र परियार सदस्य हुन् । ऐर कांग्रेस महामन्त्री गगन थापानिकट मानिन्छिन् ।

 

प्रतिक्रिया