३ चैत्र २०८१, सोमबार | March 17, 2025

सहकारीको खरबौं रुपैयाँ ‘साम्राज्यवादी देशहरु’ मा पुगेको सांसद सुवालको खुलासा


581
Shares

काठमाडौं, ३ चैत्र । सहकारीमा सर्वसाधारणको खरबौं रुपैयाँ डुबेको छ । सहकारीको रकम ठगी गर्नेहरु विकसित देशमा पुगेर सुरक्षित जीवन जिउन थालेका छन् । यसलाई लिएर संसदमा समेत विषय उठान हुन थालेको छ ।

आइतबार प्रतिनिधि सभामा नेमकिपा सांसद प्रेम सुवालले सहकारीको रकम साम्राज्यवादी देशहरुमा पुगेको भन्दै फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘नेपालमा सहकारी संस्थाको खरबौं रुपैयाँ जिल्ला, प्रदेश र महासंघ बनाएर सहकारी बैंक हुँदै साम्राज्यवादीहरुको सैन्य संगठन नाटो देशहरुको हितमा गएको सार्वजनिक भयो ।’

सत्र हजार सहकारी संस्था खारेज हुने विषय सार्वजनिक भइरहँदा सर्वसाधारणको रहम फिर्ता गराउनुपर्ने बताए । सहकारीका पदाधिकारीहरु र डुबेका सहकारी संस्थाका पदाधिकारीहरुलाई बचत फिर्ता गराउन तिनीहरुको सम्पत्ति र लगानी रोक्का गर्नुपर्ने र पासपोर्ट जफत गर्नुपर्ने समेत बताए ।

सहकारीमा रकम ठगी गरेर फरार भएकाहरु यूरोप र अमेरिका, सिंगापुरलगायत देशमा पुगेको विषय आइरहेको छ । उनीहरुले अरबौं रकम विदेश पुर्याएर सुरक्षित जीवत बिताउन थालेका छन् ।

प्रतिक्रिया