३० फाल्गुन २०८१, शुक्रबार | March 14, 2025

कांग्रेसकै सांसदले फेरी दिए पर्यटन मन्त्रीविरुद्ध उजुरी


0
Shares

काठमाडौं,१ फागुन । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी हालेका छन् ।

मन्त्री पाण्डेविरुद्ध बजगाइँले तीनवटा आरोप लगाउँदै बुधबार उजुरी दिएका हुन् । पाण्डेले संविधान र पार्टी सिद्धान्तको उल्लंघन गरेको, पार्टी विधानको उल्लंघन तथा राष्ट्र र लोकतन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको सांसद बजगाइँले आरोप लगाएका छन् ।

प्रतिक्रिया