चैत्रमा आन्दोलनको होडवाजी, कस्ले निकाल्ला बढी मान्छे ?

काठमाडौं, १ चैत्र । यो महिना विभिन्न राजनीतिक दल, समूह, पीडित समुदायको आन्दोलनको प्रतिष्पर्धा छ । एकाथरी राजा ल्याउन सडकमा आउँदैछन् भने अर्काथरी गणतन्त्र जोगाउन ।
सडकमा शक्ति प्रदर्शनको होडवाजी चलेको छ । राप्रपा, दुर्गा प्रसाईको समूह निरन्तर आन्दोलनको तयारीमा छ । अर्कोतर्फ चैत्र १४ मा गणतन्त्रवादीको शक्ति प्रदर्शन छ ।
कसैलाई गद्दीमा राख्न त कसैलाई गद्दीमा बस्न नदिने होडवाजी चलिरहँदा सहकारीमा खरबौं डुबेकाहरु पनि सडकमा उत्रने भएका छन् ।
सहकारी पीडितलाई मिटर ब्याज पीडित, लघुवित्त पीडितलगायतले पनि साथ दिने गरी चैत्र १७ गते देशव्यापी आन्दोलन हुँदैछ । सहकारीपीडित दशौं लाख भएकाले चैत्र १७ मा लाखौं सडकमा उत्रने सम्भावना रहेको छ ।