३० फाल्गुन २०८१, शुक्रबार | March 14, 2025

गभर्नर एम अधिकारीले नोट छपाईको जिम्मा चीन कि यूरोपको कम्पनीलाई दिदै


415
Shares

काठमाडौं, २९ फागुन । एम अधिकारी भनेपछि धेरैका लागि रहस्य बन्न सक्छ । तर, उनी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछाने हुन् । अधिकारीको नाम एमालेको लेबि बुझाउने कार्यकर्ताका रुपमा एम अधिकारी भेटिएपछि विवाद पनि चलेको हो । वास्तवमा उनी एमाले कार्यकर्ता नै हुन् ।

एमालेले भनेबमोजिम लामिछाने खटिन्छन् । उनले यसपटक नोट छपाईका लागि योजना बनाएरै कि चीन कि यूरोपको कम्पनीलाई मात्र दिने गरी पूर्व योग्यतामा छान्न लगाए । पूर्व याग्यता पूरा गरेका कम्पनीहरुमा चीनको चाइना बैंकनोट प्रिन्टिङ कर्पोरेसन, बेलायतको डे ला रुर्य इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी गोज्नाक र फ्रान्सको अवेर्थर फिडुसियर र पोल्यान्डको पोलीस सेक्युरिटी प्रिन्टिङ वर्कस् छन् । विश्वस्त स्रोतका अनुसार लामिछानेले योजनावद्ध तरिकाले कमिशनको खेलमा कुन कम्पनीलाई दिने भन्ने टुंगो लगाइसकेका छन् ।

नोट छपाईको लागि १० जनवरी २०२५ मा सूचना प्रकाशित गर्दै आवेदन आव्हान गरिएको थियो । जसमा विभिन्न कम्पनीले आवेदन दिएकोमा ६ वटा मात्र पूर्व योग्यताका लागि आवेदन पेश गर्ने योग्यतामा छानिन सके ।

अधिकारी नेपाल राष्ट्र बैंकबाट कार्यकाल सकिएपछि अर्को आकर्षक ठाउँमा नियुक्तिको दौडधूपमा छन् । उनले यसका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवाका अलावा माओवादी अध्यक्ष प्रचण्डलाई रिझाउने पहल चालिसकेका छन् । उनी संवैधानिक निकायमा नियुक्तिको दौडमा तयार भइसकेको बुझिएको छ ।

प्रतिक्रिया