२८ फाल्गुन २०८१, बुधबार | March 13, 2025

नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन


6.7k
Shares

आशिष पौडेलः एक भौतिकशास्त्रीले न्यायको ‘गुरुत्वाकर्षण’ बुझेको हुन्छ। म जीवनभर वैज्ञानिक बन्ने सपना देखेर भौतिकशास्त्र पढ्दै थिएँ। तर, जीवनले मलाई न्यायको लागि लड्न सिकायो। मिति २०७५ साल पौष २९ बाट सुरु भएको मेरो संघर्ष अझै रोकिएको छैन। ‘प्रश्नपत्र प्रकरण’ ले मेरो जोशिला वर्षहरू खाइरहेको छ। जब अन्याय भयो, म चुप बसिनँ। विश्वविद्यालयदेखि मन्त्रालय, अख्तियारदेखि अदालतसम्म न्यायको ढोका ढकढकाएँ। तर, न्याय माग्नु अपराध जस्तै बनाइयो। न्याय नपाएपछि मैले आफैं कानून पढें। आफ्नै हातले मुद्दा लेखें।

👉 २०७७/०३/ २९ मा मुद्दा दर्ता गरें।

👉 ६४५ दिन, २४ पेशी ।

👉 ११९६ दिनको संघर्ष  अदालतबाट मुद्दा जितें, तर जीत खाली कागजमा मात्र रह्यो। यो मेरो मात्र कथा होइन। यो हजारौं न्याय खोजिरहेका निर्दोष नागरिकको कथा हो। हरेक दिन अदालतका सिँढी चढ्ने तिनै गरीब, असहाय, अन्यायमा परेकाहरू छन्, जसको लागि न्याय ‘विशेषाधिकार होइन, अधिकार हुनुपर्छ। के म न्यायको मात्र कुरा गर्छु रु होइन ? म लड्छु, परिणाम ल्याउन खोज्छु।

👉 होटलले ३०० रोपनी सरकारी जग्गा हडप्यो। सरकार चुप बस्यो, तर म लडिरहेँ। त्यो भूमि राज्यको हो, जनताको हो। जनताको सम्पत्ति जनतालाई फर्किनुपर्छ।

👉 चिकित्सा शिक्षा आयोगको परीक्षामा उत्तरपुस्तिका, प्रश्नपत्र र उत्तरकुञ्जिका हेर्न पाउनु परीक्षार्थीको अधिकार हो। म सर्वोच्च अदालतमा लडेँ, उत्तरपुस्तिका हेर्न दिने कानुनी व्यवस्था गराएँ।

👉 परीक्षार्थीबाट चर्को शुल्क असुल्दै उनीहरूकै अधिकारलाई विश्वविद्यालयबाट व्यापार बनाइयो। म त्यो शुल्क घटाउने लडाइँ लड्दै छु। हालसालै त्यसमा पनि सफल भएको छु।

👉 जरिवानाको नाममा कैद गरिएका कैदीहरूलाई प्रती दिन रु। ३०० र( को दरले जरिवाना कट्टा गरिँदा उनीहरू निजलाई हुने सारवान कैद भन्दा कयौं गुणा बढी हुने गरि १० वर्षसम्म अनावश्यक जेल बस्न बाध्य छन्।

👉 यो मानव अधिकारको गम्भीर उल्लंघन हो।

👉 म अदालत र कानुनी संस्थाहरूमा लड्दैछु। किनकि कैद नै न्याय होइन।

यस्ता कैयौं लडाईंहरु लडनु छ तर, मेरो लडाइँ सजिलो छैन।
👉 जति राम्रो मुद्दा उठाए पनि मेरो उचाइ नै मेरो बाधा भयो।

👉 न्याय माग्दा, प्रश्न सोध्दा, सुधार गर्न खोज्दा—मेरो उमेर, मेरो अनुभवलाई औंलो ठड्याइयो। तर, न्यायको लागि उमेर होइन, साहस चाहिन्छ। म भौतिकशास्त्रको विद्यार्थी हुँ। प्रवाहको विरुद्ध उभिने प्रतिरोध बुझ्छु।

👉 नेपाल बार एसोसिएसनको अध्यक्ष पद भनेको प्रतिरोधको हतियार हो।

👉 न्यायको पक्षमा उभिन, अन्यायको विरुद्ध लड्न। मसँग समर्पण छ, योजना छ, अनुभव छ। अब मलाई तपाईंको भरोसा र भोट चाहिन्छ।

अध्यक्ष पदमा राजनीतिक दलको उम्मेदवार किन हुनुहुन्न रु

किनभने, दलको उम्मेदवार हुने बित्तिकै उनीहरू न्यायको होइन, नेताहरूको आदेश पालना गर्न बाध्य हुन्छन्।

👉 म स्वतन्त्र छु, तपाईंको न्यायको लागि लड्न सक्छु। म कुनै नेताको होइन, तपाईंको पक्षमा उभिन सक्छु।

किन स्वतन्त्र र
राजनीतिक दलहरूको छायाँबाट मुक्ति गराउन स्वतन्त्र उम्मेदवार चाहिन्छ  । अरु पद जस्तो अध्यक्ष पद होइन। सबैलाई मिलाएर लान पनि स्वतन्त्र अध्यक्ष चाहिन्छ। दलहरू न्यायलाई सत्तास्वार्थ सिद्धि गर्ने हतियार बनाउँछन् । म स्वतन्त्र उम्मेदवार भएकोले जनताको न्याय प्रतिको भोख बुझ्छु। तसर्थ कानुनी पेशालाई व्यवसाय होइन, कानुनी सेवा बनाउँछु। नेताहरूको निर्देशन होइन जनताको आवाज मात्र मेरो निर्देशन हो। स्वतन्त्रता नै निष्पक्षताको आधार हो। दलगत हितले न्यायलाई कुण्ठित गर्छ, स्वतन्त्रताले मात्र यसलाई उदार बनाउँछ१ स्वतन्त्र व्यक्तिलाई मात्र भ्रष्ट अधिकारी विरुद्ध शून्य सहनशीलता अपनाउन सजिलो हुन्छ। जनताले सिधै गुनासो दर्ता गर्न सक्ने व्यवस्था मिलाउन सहज हुन्छ। म स्वतन्त्र छु। दलहरु लगायतका स्वार्थ समुहको दबाबको विरुद्ध प्रतिरोध नै मेरो ‘भौतिक नियमू हो। न्यायलयलाई शुद्ध बनाउन, भ्रष्टाचार हटाउन, कानूनी प्रक्रियालाई पारदर्शी बनाउन निष्पक्ष नेतृत्व चाहिन्छ। दलगत प्रभावबाट मुक्त, न्यायप्रति समर्पित नेतृत्व चाहिन्छ। नयाँ नेपालको स्वतन्त्र न्यायपालिका चाहिन्छ ।

राजनितिक दलको आडमा निर्दोषलाई फसाउन प्रहरी, अनुसन्धान अधिकारी, सरकारी वकिल, अभियोजनकर्ताले झुट्टा अनुसन्धान र अभियोजन गर्ने गरेको पनि पाइन्छ। निजि वकिलहरु समेत यसको सिकार हुन पुगेका छन्। अदालत पनि यसमा प्रयोग भै रहेको छ। निर्दोषको संरक्षण र दोषीलाई कारवाही गर्न साथै गलत अनुसन्धान र अभियोजन गरि झुट्टा मुद्दा दायर गर्नेलाई कारवाही गर्ने पहलकदमी लिन स्वतन्त्र व्यक्ती बाहेक अरुले गर्न सक्दैन।नवोदित कानुन व्यवसायीहरुले झेलेका समस्याहरु पनि बुझेको छु। कानुन व्यवसायीहरुको हित कसरी हुन्छ भन्ने पनि बुझेको छु।

अदालतमा न्याय गर्ने न्यायकर्मीको कमि छ। पदपुर्ती हुन सकेको छैन। द्रुत गतिमा न्याय, अदालतमा श्रव्य दृष्यमा बहसको रेकर्ड र सबैको पहुँच हुने गरि अभिलेखिकरण, फैसला अध्ययन समिती लगायत असंख्य संरचनागत सुधारको खाँचो छ जो स्वतन्त्र कानुन व्यवसायी बाहेक अरुले गर्न सक्दैनन्।

तसर्थ 👉 स्वतन्त्र उम्मेदवारलाई नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा विजयी गराऔं। ✊ न्यायको लागि, निष्पक्ष कानूनी व्यवस्था बनाउने लागि। (अधिवक्ता पौडेल नेपाल बार एशोशिएसनको अध्यक्ष पदका उम्मेदवार हुन्)

प्रतिक्रिया