फेसबुक लाइभमा उत्तम कार्कीले आत्मदाह प्रयास किन गरे

काठमाडौं, २८ फागुन । फेसबुक लाइभमा आएर चन्द्रागिरी नगरपालिकाका एक युवकले आत्मदाह प्रयास गरेका छन् । उनले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि किर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
युवकको अवस्था चिन्ताजनक रहेको छ । उनले फेसबुकमा आफूमाथि एक युवतीले चरित्रहत्या गरेको, प्रहरी हिरासतमा १८ दिन बस्नुपरेकोलगायत लेखेका छन् ।
उनले युवतीले उजुरबाजुर सहित एक पटक २४ दिन, हालसालै १८ दिन गरी पटक पटक कैद गरेकोलगायत विषय उल्लेख गरेका छन् । प्रहरीले पनि दबाब दिएको भन्दै उनले आफ्ना पारिवारिक पृष्ठभूमिबारे पनि लेखेका छन् ।