त्रिवि स्ववियू निर्वाचनमा स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की नेतृत्वको प्यानलद्वारा मनोनयन दर्ता

काठमाडौं, २८ फागुन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्कीको नेतृत्वमा प्यानल बनाएर मनोनयन दर्ता भएको छ । स्ववियू निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार दिनेश कार्कीसहितको टोलीले मनोनयन दर्ता गरेको हो ।
स्वतन्त्र विद्यार्थी समूहबाट मनोनयन दर्ता गर्नेमा सचिवमा अर्जुन बगाले, कोषाध्यक्षमा बेद प्रकाश उपाध्याय र सदस्यमा कमलबहादुर शाही, नवराज श्रेष्ठले मनोनयन दर्ता गरेका हुन् । स्वतन्त्र विद्यार्थी समूहबाट समानुपातिकतर्फ लोग बहादुर चयडा, सुरज अवस्थी, विनिता पुन, निर्मल खडेकाले पनि मनोनयद दर्ता गरेका छन् ।
स्वतन्त्र विद्यार्थी समूहबाट अध्यक्षका उम्मेदवार दिनेश कार्की गएको चुनावमा स्ववियू सहसचिवमा जितेका थिए । प्राज्ञिक विद्यार्थी परिषद्का उनी विद्यार्थीमाझ लोकप्रीय छन् ।
प्राज्ञिक विद्यार्थी परिषद्ले विश्वविद्यालयको क्यालेन्डर, विद्यार्थीको हक हितका लागि महत्वपूर्ण कार्य गर्दै आएको छ ।