२८ फाल्गुन २०८१, बुधबार | March 12, 2025

पाकिस्तानमा रेल अपहरण, सयौं बन्दी


4.2k
Shares

एजेन्सी, २७ फागुन । पाकिस्तानमा बन्दुकधारी समूहले रेल अपहरण गरेका छन् । रेल चालकलाई घाइते बनाएर अपहरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको बलोचिस्तानलाई अलग राज्य बनाउन सशस्त्र गतिविधि गर्दै आएका बलोच लिबरेशन आर्मीले जफर एक्सप्रेसलाई कब्जामा लिएका हुन् । रेल अपहरणका क्रममा भएको भिडन्तमा ६ जना बन्दुकधारी मारिएकाा छन् ।

एक सय यात्रु बन्दुकधारीको कब्जामा रहेको बलुच लिबरेशन आर्मीले विज्ञप्तिमार्फत् जनाएको छ । उनीहरुमध्ये अधिकांश सैनिक र गुप्तचरहरु रहेको उल्लेख छ ।

प्रतिक्रिया