गणतन्त्रवादी र राजावादी दुवै सडक आन्दोलनमा
काठमाडौं,२७ फागुन । अहिले संवैधानिक राजसंस्था र राजा फर्किने चर्चाले राजनीति तातेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसत्तामा फर्काउन एक पक्ष आन्दोलित हुँदैगर्दा अर्को पक्ष संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा उत्रिँदै छ । राजा ल्याउनुपर्ने र राजा ल्याउन नहुने दुवै पक्ष सडकमा उत्रिन थालेपछि राजनीति कता जाने भन्ने चासो र चिन्ता बढेको छ ।
राजनीतिक दलहरू सोमबार आन्दोलनका आगामी रणनीति’दयगतकै छलफलमै व्यस्त भए । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को पदाधिकारी र नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०को सचिवालय बैठक छुट्टाछुट्टै बसेको थियो । आ–आफ्नो पार्टी कार्यालयमा बसेको छुट्टाछुट्टै बैठकका तीन निष्कर्ष मिल्दाजुल्दा छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीको बैठकले राजा कुनै हालतमा नफर्किने निष्कर्ष निकालेका छन् । यस्तै, सरकारको नालायकीपनका कारण राजावादीहरू सक्रिय भएको र राजा फर्काउने अभियानमा लागेको निष्कर्ष उनीहरूको छ । तेस्रो भने दुवै दलले संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा जाने निर�

