२६ फाल्गुन २०८१, सोमबार | March 11, 2025

राष्ट्र बैकमा संचिती बढेको बढ्यै, बजारमा खोई पैसा ?


498
Shares

काठमाडौं, २६ फागुन । जताततै पानी पानी पिउने पानी छैन । यस्तै भएको छ देशमा । नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा संचितीले किर्तिमान माथि किर्तिमान बनाइरहेको छ । माघमा विदेशी मुद्रा सञ्चिती २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ ।

विदेशी मुद्राको सञ्चिती बढ्दा बजारमा भने पैसा नै देखिदैन । सर्वसाधारणको क्रयशक्ति कमजोर छ । व्यापार खस्किएको छ ।

घरजग्गा व्यापार मौलाउन सकेको छैन । शेयर बजार पनि फष्टाउन सकेन ।

लगानीकर्ता निरुत्साहित छन् । ऋण लिन डराउँछन् उद्दोगीव्यवसायी । रोजगारीका अवसर घटिरहेका छन् । यसले देशमा ठूलै आर्थिक संकटको खतरा बढ्दो छ ।

प्रतिक्रिया