६ जेष्ठ २०८२, सोमबार | May 19, 2025

पोखरामा कोटीहोम बिथोल्न को को सक्रिय


1.1k
Shares

पोखरा, २४ फागुन । पोखरामा कोटीहोम बिथोल्न पोखरा महानगरपालिकाका मेयर, वडाध्यक्षलगायत जनप्रतिनिधि नै सक्रिय भएका छन् । उनीहरुले महानगर प्रहरी बलको दुरुपयोग गरी आक्रमण गरेका छन् ।

कोटीहोम बिथोल्न पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापा आफै पुगेका थिए । उनले कोटीहोमको तयारीमा लागेकाहरुलाई किक हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कोटीहोमको तयारीमा लागेका सन्तोष भुसाललाई कुटपिट गरेका छन् ।

कोटीहोम बिथोल्न गुण्डागर्दी समेत भएको छ । मेयर धनराज आचार्यको सचिवालयका विवेक भुजेल समेत कोटीहोम बिथोल्न पुगेका थिए ।

कोटीहोम महानगरपालिकाले रोक्न खोजेपछि अदालतले स्टे अर्डर नै जारी गरेको थियो । तर, पोखरा महानगरपालिकाले रोक्न खोजेको छ । कोटीहोमको भूमिपूजन महानगरपालिकाले रोक्न खोज्दा झडप भएको हो । त्यस क्रममा दर्जनौं घाइते भएका छन् ।

प्रतिक्रिया