२८ फाल्गुन २०८१, बुधबार | March 12, 2025

कुलमान घिसिङ राजनीतिमा लाग्ने, कुन दलमा जोडिएलान् ?


830
Shares

काठमाडौं, २३ फागुन । चर्चामा छन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनलाई सरकारले पदबाट हटाउन खोजेको छ । यसका लागि प्रक्रिया बढाइसकेको छ । तर, कुलमान टसमस छैनन् ।

दोस्रो कार्यकारी प्राधिकरणको बागडोर सम्हालेका घिसिङ अबको चार महिनापछि स्वतः बाहिरिन्छन् । तर, उनलाई अहिले नै हटाउन खोजिएपछि चर्चा र चासो छ ।

कुलमान माओवादी अध्यक्ष प्रचण्डका प्रीय हुन् । उनलाई प्रचण्डकै चाहना अनुसार नियुक्ति दिइएको हो । माओवादीलाई आर्थिक मामलामा पनि कुलमानको साथ हुने गरेको चर्चा चल्छ । उनलाई माओवादीले साथ पनि दिने गरेको छ ।

प्राधिकरणबाट हटेपछि कुलमान राजनीतिमा आउने चर्चा छ । उनी माओवादीमा प्रवेश गर्ने सम्भावना पनि छ ।

कुलमानको नातेदार हुन् राप्रपा नेता बुद्धिमान तामाङ । यसकारण उनी राप्रपामा पनि जोडिने चर्चा छ ।

प्रतिक्रिया