८ बैशाख २०८२, सोमबार | April 21, 2025

प्राज्ञिकका विद्यार्थीद्वारा देशभरका क्याम्पसमा धमाधम उम्मेदवारी घोषणा


9.5k
Shares

काठमाडौं, २३ फागुन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालका विद्यार्थी नेताहरुले देशभरका क्याम्पसहरुमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । उनीहरुले उम्मेदवारी घोषणासँगै सक्रियता बढाएका छन् ।

कुनैपनि राजनीतिक दलसँग आवद्ध नभएको देशको एकमात्र स्वतन्त्र विद्याथीको संगठन प्राज्ञिक विद्यार्थी परिषद्बाट उम्मेदवारी दिएकाहरुको चर्चा व्यापक भइरहेको छ ।

प्राज्ञिकका विवश कटुवाल महेन्द्र मोरङ बहुमुखी क्याम्पस, दिपशन गुरुङ पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, जया बस्नेत घोराही, योगेन्द्रकुमार जोशी चौमाला बहुमुखी क्याम्पस र दिनेश कार्कीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट स्वतन्त्र विद्यार्थी समूहबाट टिमसहित उम्मेदवारी घोषणा गरेका छन् ।

प्राज्ञिकका विद्यार्थीहरुले दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलनको मुद्दासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रतिक्रिया