२० फाल्गुन २०८१, मंगलबार | March 5, 2025

ट्रम्पका कारण विश्वबजार प्रभावित, सामानको मूल्यमा अस्वाभाविक घटबढ


332
Shares

एजेन्सी, २० फागुन । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि विश्व राजनीतिक तरंगित छ । उनको कदमले बजार प्रभावित छ ।

ट्रम्पले शान्ति ल्याइदिने सन्देश प्रभाव भएसँगै युक्रेनमा घरजग्गा कारोबार अस्वाभाविक रुपमा बढेको छ । युद्धग्रस्त युक्रेनमा घरजग्गा कारोबार बढ्नुले धेरैलाई आश्चर्यमा पारेको छ ।

कच्चा तलको मूल्य ह्वात्तै घटेको छ । यो मूल्य नयाँ कर घोषणाले प्रभावित हुन सक्छ ।

ट्रम्पले चीन, क्यानडा र मेक्सिकोका सामानमाथि कर बढाएका छन् । यसले ती देशहरुबाट उत्पादित हुने सामानको मूल्य बढेको छ । सँसारभर कतिपय सामाग्रीको मूल्यवृद्धि भइरहेछ ।
सुनको मूल्य किर्तिमानतर्फ बढेको छ । यही अवस्था रहेमा नेपाली बजारमा प्रतितोला २ लाख रुपैयाँ पुग्नसक्छ ।

प्रतिक्रिया