२० फाल्गुन २०८१, मंगलबार | March 5, 2025

राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवनको शिलान्यास


249
Shares

काठमाडौं, २० फागुन । दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलान्यास भएको छ । मंगलबार तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरेका हुन् ।

उक्त अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ४ करोड ३३ लाख रुपैयाँको लागतमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण बढेको हो ।

अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण भइरहेको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको छ र तुलसीपुर उप–महानगरपालिका, दाङ मार्फत कार्यान्वयन भइरहेको छ ।

तुलसीपुर उप–महानगरपालिका, दाङका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरे । निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया