१७ फाल्गुन २०८१, शनिबार | March 2, 2025

यूरोपका केही देशले युक्रेन युद्ध लम्ब्याउन चाहिरहेको अमेरिकी विदेशमन्त्री रुबियोको आरोप


1.5k
Shares

एजेन्सी, १७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको नोकझोकले सँसारको ध्यानाकर्षण गराएको छ । ह्वाइट हाउसमा पत्रकारसामु दुई नेताको नोकझोक चल्यो । ट्रम्पले जेलेन्स्कीलाई स्टुपिड प्रसिडेन्ट अर्थात् मूर्ख सम्म भने ।

बारम्बार युद्धविराम गर्न भने । मान्छे धेरै मरे, युक्रेनका शहर ध्वस्त भइसके मात्र भनेनन् । यो युद्ध जित्दैनौं भने । तनावका बीच उनले अमेरिकालाई आणविक युद्धमा धकेल्न खोज्ने ? सम्म भने । उनले तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको ? भन्दै चेतावनी दिएपछि जेलेन्स्की केही शान्त भए ।

ट्रम्प कडा रुपमा बोलिरहँदा युक्रेनकी राजदूत रोइरहेकी थिइन् । ट्रम्पभन्दा उपराष्ट्रपति भेन्स झर्किएर अमेरिकाको अपमान गर्ने भन्न थाले । उनले डेमोक्रयाटको पक्षमा क्याम्पियन गर्न अमेरिका आएको स्मरण मात्र गराएनन् आफूहरु युक्रेनको हितमा रहेको भने ।

ट्रम्पले जेलेन्स्कीलाई लाखौंको ज्यानमाथि जुवा खेल्न खोज्ने मात्र भनेनन् विश्वयुद्धको जुवा खेल्न खोजेको आरोप लगाए । यो घटनापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बोलेका छन् ।

रुबियो पत्रकार सम्मेलनका दौरान ट्रम्पको नजिकै थिए । उनी पनि बोलेका थिए बेला बेलामा । यो घटनापछि रुबियोले केही यूरोपेली देशहरु रुस र युक्रेनबीचको युद्धलाई लम्ब्याउन सक्रिय भएको आरोप लगाएका छन् । उनले जेलेन्स्कीलाई ट्रम्पसँग माफी माग्न भनेका छन् ।

यूरोपका बेलायत, फ्रान्स, स्पेनलगायत देशहरुले युक्रेनलाई साथ दिने बोलेका छन् घटनापछि । उनीहरुले सैन्य सहयोग पनि गर्न अभिव्यक्ति आएको छ । त्यसपछि रुबियो बोलेका छन् । यो घटनाले यूरोपका बेलायत, फ्रान्सलगायत देशहरु रुससँग प्रत्यक्ष युद्धमा होमिने सम्भावना बढेको छ ।

प्रतिक्रिया