१५ फाल्गुन २०८१, बिहिबार | February 27, 2025

अमेरिकालाई खनिजमा पहुँच दिन युक्रेन तयार, नाटोको सपना नदेख्न ट्रम्पको सुझाव


February 27, 2025
1.3k
Shares

एजेन्सी, १५ फागुन । अमेरिकालाई खनिजमा पहुँच दिन युक्रेन तयार देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा गरेको आर्थिक सहयोगको बदलामा खनिज दिन भनेपछि राष्ट्रपति भ्लादिमिर जेलेन्स्की स्वीकार्न तयार भएका छन् ।

जेलेन्स्कीले खनिजमा पहुँच दिने भनेपछि ट्रम्प उनलाई भेट्न तयार भएका छन् । तर, अमेरिका संयुक्त राष्ट्रसंघमा युक्रेनको शान्ति प्रस्तावको मतदानमा विपक्षमा उभिएको छ । ट्रम्पले युक्रेनलाई नाटोको सपना त्याग्न सुझाव दिइसके ।

जेलेन्स्की शान्ति र नाटोको सदस्यताको शर्तमा पद त्याग्न तयार देखिएका छन् । तर, ट्रम्पले नाटोको सदस्यताको सपना त्याग्न भनेका छन् ।

रुसले पनि युक्रेनको जितेको भूभागमा अमेरिकासँग मिलेर खनिज उत्खनन गर्ने प्रस्ताव गरिसकेको छ । युक्रेन पनि अमेरिकालाई खनिजमा पहुँच दिन तयार छ ।

रुस र युक्रेनबीच अमेरिकालाई खनिजमा पहुँच दिने प्रतिष्पर्धा नै चलेको छ । रुस युक्रेनको जितेको भूभागमा र युक्रेन आफ्ना सबै भूभागमा खनिजमा पहुँच दिन तयार भएको हो ।

पुटिनले अमेरिकालाई खनिजमा मिलेर काम गर्न प्रस्ताव गरिसके ।

प्रतिक्रिया