१२ फाल्गुन २०८१, सोमबार | February 25, 2025

सेनालाई फाष्ट ट्रयाकमा किन बढ्यो चुनौती


February 24, 2025
747
Shares

काठमाडौं, १२ फागुन । नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं तराई-मधेश द्रुत मार्ग सडक आयोजना अर्थात् फाष्ट ट्रयाकमा चुनौती बढेको छ । जति जति निर्माण सम्पन्न गर्नुपर्ने मिति नजिकिदै जान्छ उति उति सेनामाथि प्रश्न बढिरहेको छ ।

फाष्ट ट्रयाक आयोजनाका प्रमुख कमल विक्रम शाहले घुमाउरो तरिकाले निर्धारित समयमा निर्माण पूरा नहुने बताएका छन् मंगलबार जँगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा । उनले रुखहरु काट्न नै ११ महिना लाग्ने बताए ।

फाष्ट ट्रयाकको निर्माण व्यवस्थापनको जिम्मेवारी २१ वैशाख २०७४ मा पाएकोमा एक दशकभित्र पनि नबन्ने निश्चित भइसकेको छ । ७०ं.९७७ किलोमिटर लम्बाई रहेको आयोजनाको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको सेनाले जनाएको छ ।

आयोजना अन्तर्गत रहेको जम्मा ७ सुरुङ्गहरु मध्ये २ वटा सुरुङ्गको मात्र ब्रेक थ्रु भएको छ र २ वटा निर्माणधीन छन् । अझै ३ वटा सुरुङ्गको डिजाइन तथा पूर्वतयारीको कार्यहरु पूरा भएका छैनन् ।

फाष्ट ट्रयाकको ठेक्का दिलाउँदा विवादमुक्त भएन । प्रिक्वालिफिकेशनमा प्रतिष्पर्धी कम्पनीलाई बाहेक गरेर प्रतिष्पर्धा नै नहुने अवस्था पनि बनाइयो । सबैजसो ठेक्का चिनियाँ कम्पनीले पाए । उनीहरुको काम गर्ने शैली पनि विवादमा पर्यो ।

सेनाले खोकना क्षेत्रमा पर्ने प्याकेजमा के गर्ने हो चासो छ । त्यहाँ सबैभन्दा बढी विरोधको सामना गर्नुपरेको छ । फाष्ट ट्रयाकको विभिन्न प्याकेजहरुको इन्सुरेन्स पनि विवादमुक्त छैन । नेपाली कम्पनीमा भन्दा विदेशी कम्पनीमा इन्सुरेन्समा जोड गरिएको छ ।

फाष्ट ट्रयाकमा निर्माण कम्पनीमध्ये कतिपय चिनियाँ कम्पनी नेपालमा गरिरहेका अन्य काममा ढिलाई गरेर विवादमा परेका छन् । उनीहरुले नेपालमा ल्याएका कामदारहरुको गतिविधि पनि विवादमा पर्ने गरेको छ ।

प्रतिक्रिया