११ फाल्गुन २०८१, आइतबार | February 23, 2025

नेपाललाई कस्ले धर्मनीरपेक्षता र संघीयताको भारी बोकाएर छाडिदियो


February 23, 2025
2.8k
Shares

समाचार विश्लेषण । डोनाल्ड ट्रम्पले नै खुलासा नगरेको भए नेपालमा धर्मनीरपेक्षता र संघीयताका लागि अरबौं रकम पश्चिमाहरुले लगानी गरेको गाइगुइँ हल्ला प्रमाण बन्दैन थियो होला सायद । तर, ट्रम्पले रकम नै उल्लेख गरेर संघीयताका नाममा हरेक वर्ष नेपालमा अरबौं आइरहेको खुलासा नै गरे । नास्तिकता फैलाउन पनि अरबौं रुपैयाँ खर्चिएको अमेरिकी सभामुख र सांसदहरुले नै बोले ।

नेपालमा धर्मनीरपेक्षताको एजेन्डा लाद्न पश्चिमा देशबाट पैसा ओइरिएको छताछुल्ल भइरहेको छ अहिले । जनताले यो एजेन्डाको विरोध गर्ने बुझेर मिडिया, नागरिक समाज, साहित्य, कलाका क्षेत्रमा ठूलै लगानी भयो प्रत्यक्ष अप्रत्यक्ष । यतिसम्मकी सामाग्री नै बनाएर प्रशारण र प्रकाशन गर्न थालियो ।

जनताको विरोधका बाबजुद कृत्तिम माहोल तयार गरी धर्मनीरपेक्षता र संघीयतामा देशलाई लगियो । अब ट्रम्पले यी मामलामा आइरहेको रकम नै रोकिदिए । यूरोपका देशबाट आएको रकम पनि कटौती हुने परिस्थित बन्न थालेको छ ।

नेपालले धर्मनीरपेक्षता र संघीयताको भारी बोकिसकेको छ । अब त्यो भारी नेपाली जनताले बोक्नुपर्ने हुन्छ । जो जो यो एजेन्डाबाट पालित पोषित थिए तिनको मुहान सुक्ने नै भयो । तर, उनीहरुले मनग्गे लाभ हासिल गरिसकेका छन् । अब भारी बोक्न त जनताले हो ।

धर्मनीरपेक्षताले देशको धर्म संस्कृतिमाथि निरन्तर प्रहार गरिरहेको छ । जातीय घृणा र द्वन्द्व बढाइरहेको छ । संघीयता महङ्गो बन्दै गएको छ । सांसद र मन्त्रीका लागि ठूलो धनराशी खर्च भइरहेको छ । राज्यले तलब दिननसक्ने अवस्था आउनसक्छ कुनैपनि बेला । अब यो भारी जति बोकाइन्छ उति देश थिलथिलो हुन्छ । यो भारी कसरी र कुन माध्यमले समयमै बिसाउने हो त्यो चिन्तनको विषय हो । यसबारे जिम्मेवार राजनीतिक दल र नेताहरुले सोच्न जरुरी हुन्छ ।

प्रतिक्रिया