‘म रेखा गुप्ता ईश्वरको नाममा सपथ लिन्छु’

एजेन्सी, ८ फागुन । रेखा गुप्ताले दिल्लीको मुख्यमन्त्रीमा सपथ लिइरहँदा मञ्चमा थिए भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । भारतीय जनता पार्टीका कार्यकर्ताले प्रायः पहिरिने गेहरु रङ्गको पोशाकामा थिइन् उनी ।
सपथ लिंदाको तस्बिर राख्दै उनले लेखेकी छिन्, म रेखा गुप्ता ईश्वरको सपथ लिन्छु कि । सपथ पछि उनले आदरपूर्वक मोदीलाई प्रणाम गरिन् र मार्गनिर्देशनमा दिल्लीको विकासमा लाग्ने बताइन् ।
सन् १९७४ मा हरियाणाको जुलानामा जन्मिएकी उनले दिलली विश्वविद्यालयबाट कानूनमा स्नातक गरेकी छिन् । दक्षिण दिल्लीको मेयर समेत भइन् ।
रेखाको दिल्लीको मुख्यमन्त्रीमा चयनलाई धेरैले आश्चर्य मानेका छन् । लो प्रोफाइलमा रहेर काम गर्ने स्वभावले उनी सायदै चर्चामा आइन् ।