१० फाल्गुन २०८१, शनिबार | February 23, 2025

गिरिबन्धुले ओलीलाई किन पिरल्यो


February 17, 2025
498
Shares

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरिबन्धु टी स्टेटको जग्गा प्रकरणले पिरोलेको छ । यो प्रकरणमा ठूलै आर्थिक चलखेल भएको र यसमा उनीसमेत जोडिएको चर्चा चल्दै गर्दा भूमिसम्बन्धी अध्यादेश आएको छ ।

अध्यादेश गिरिबन्धु टी स्टेटको हदबन्दीको जग्गा सल्टाउन ल्याइएको स्पष्ट छ । ओली प्रधानमन्त्री हुँदा नै क्याबिनेटबाट विगतमा यो जग्गासम्बन्धी निर्णय लिएका थिए । अदालतको आदेशले नयाँ घटना विकास भयो ।

सर्वोच्च अदालतले हालैमात्र प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेको छ । गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता भएको अवहेलनामा मुद्दाको सक्कल झिकाउँदै ओलीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

गिरिबन्धुसँग जोडिएको भूमिसम्बन्धी अध्यादेश पारित हुने ओलीको दाबी छ । दाङमा पुगेर ओलीले संसदबाट पारित हुने दाबी गरे । अध्यादेश पारित नभए स्वतः निष्कृय हुन्छ । यसो भएमा गिरिबन्धु टी स्टेट प्रकरणमा जोडिएकाहरुलाई धक्का पर्छ ।

जग्गा कारोबारीले शक्तिशाली नेता देखि ठूलै गिरोहलाई रकम बाँडेर चलखेल गरिसकेका छन् गिरिबन्धु टी स्टेटको जग्गामा । यो प्रकरणमा उनीहरुले भनेबमोजिम व्यवस्थापन नभए ठूलै नामहरु समस्यामा पर्न सक्छन् । यसकारण पनि अध्यादेश पारित गराउन ओली मरिमेटेर लागेका छन् । तर, गिरिबन्धु प्रकरणले ओलीलाई पिरोलेको पिरोल्यै छ ।

प्रतिक्रिया