११ फाल्गुन २०८१, आइतबार | February 23, 2025

ट्रम्प-पुटिन टेलिफोन वार्ता, साउदी अरेबियामा भेट्ने


February 13, 2025
996
Shares

एजेन्सी, १ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । गएराति भएको वार्तामा युक्रेन युद्ध अन्त गर्नेलगायत दुई देशबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको बताइएको छ ।

ट्रम्पले पुटिनसँग वार्ता गरेको खुलाइसकेका छन् । उनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुराकानी गरेपछि पुटिनसँग कुराकानी गरेका थिए ।

ट्रम्पले पुटिनसँगको भेटवार्ता साउदी अरेबियामा हुने खुलासा गरेका छन् । त्यसको मिति तय नभएपनि फेब्रुअरीमै हुने सम्भावना छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनुअघि पुटिनसँग ट्रम्पको कुराकानी भएको हो । मोदी ३६ घन्टाका लागि अमेरिकामा रहनेछन् ।-File Photo

प्रतिक्रिया