पिकनिकबाट फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु

काठमाडौं, ३० माघ । पिकनिकबाट फर्कदै गरेको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापु नगरपालिकाको कात्तिकेमा बस र्दुघटनामा परेको हो ।
बसमा चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी पिकनिकबाट फर्कदै थिए । ब्रेक फेल भएपछि बस पाँच बजेतिर दुर्घटनामा परेको हो ।
बसमा ४० विद्यार्थी सवार भएकामा चालक ३९ वर्षीय मनिष माझीसहित घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।