३ आश्विन २०८१, बिहिबार | September 20, 2024

यसरी घट्ने भयो रवि लामिछानेको मत


0
Shares

काठमाडौं, १० वैशाख । रवि लामिछानेको उपनिर्वाचनमा मंसिर ४ मा भन्दा मत घट्ने देखिएको छ । यसले पनि उनको लोकप्रीयताको पछिल्लो परीक्षण देखाउनेछ । दोस्रो पटक चितवन २ बाट चुनाव जित्ने देखिएको छ रविले । तर, यसपटक उनले गत निर्वाचनमा पाएको मतभन्दा कम मत पाउने चुनावी प्रक्षेपणले देखाएको छ ।

मंसिर ४ को चुनावमा ८० हजार ७५३ सदर मतमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएका थिए । नेपाली काँग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाए । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।

चितवन २ मा अघिल्लो पटक ६७ प्रतिशत मत खसेकोमा यसपटक ६३ प्रतिशत मत खसेको छ । मत कम खसेकाले रविको पक्षको मत घट्ने अवस्था देखिएको छ ।

रविको अघिल्लो चुनावको तुलनामा लोकप्रीयता खस्किएको छ । उनी सरकारमा गएपछि आलोचित पनि भए । दोहोरो नागरिकता र पासपोर्ट विवादले समस्यामा परे ।

रविले ल्याउने भनेको लोकप्रीय मत नै हो । सांगठनिक मत काँग्रेस र एमालेले नै लिन सक्छन् । चितवनमा यी दुवै दलको बलियो संगठन छ । यसकारण पनि रविलाई चुनौती बढेको छ । उनले चुनाव जितेपनि अघिल्लो पटककको भन्दा मत घट्ने देखिन्छ ।

प्रतिक्रिया