२६ माघ २०८१, शनिबार | February 9, 2025

दिल्लीमा केजरिवाल हारको सन्देश


February 8, 2025
2.2k
Shares

समाचार विश्लेषण । भ्रष्टाचारविरुद्धको अभियानबाट उदाएका अरविन्द केजरिवालले आम आदमी पार्टी स्थापना गर्दा वैकल्पिक शक्तिको पहिचान बनाउन सफल भए । उनको दल आम आदमी पार्टीले दिल्लीमा दुईपटक विधानसभाको चुनाव पनि जित्यो । त्यसका असर हरियाणा र पञ्जाबसम्म पर्न गयो ।

आपले विस्तारै आफ्नो प्रभाव फैलाउन सकेको थियो । शहरी मध्यमवर्गको मन जितेको आपको संगठन भने बलियो थिएन । हल्ला र चर्चाको जगबाट उठेको आपको कुनै ठोस सिद्धान्त र विचार थिएन । जबकि भारतमा भारतीय जनता पार्टीको विचार हिन्दुत्व र लोकतन्त्र हो । कँग्रेस आईको विचार लोकतन्त्र र समाजवाद हो । क्षेत्रीय दलहरु पनि विभिन्न विचारमा आधारित छन् ।

सशक्त विचार र निष्ठावान कार्यकर्ताको अभावमा आप यसपटक चुक्यो । दिल्लीको विधानसभाको चुनाव हार्न पुग्यो । यतिसम्मकी आपका अध्यक्ष केजरिवाल नै चुनाव हारे । पार्टीका वरिष्ठ नेताहरु पराजित भए ।

आपको पराजयले उसलाई अन्य क्षेत्रमा पनि असर पर्न सक्छ । आपको प्रभाव बलियो बन्दै गएको हरियाणा र पञ्जाबमा पनि असर पर्छ ।

आपको हारले नेपाललगायत विभिन्न छिमेकी देशहरुमा चर्चा र लोकप्रीयताको आँडमा वैकल्पिक शक्ति बन्न खोजेकाहरुलाई धक्का लाग्न सक्छ ।

प्रतिक्रिया