२६ माघ २०८१, शनिबार | February 8, 2025

युएसएआइडीमा बयान गर्न नसकिने भ्रष्टाचारबारे ट्रम्पको खुलासा


February 8, 2025
3.3k
Shares

एजेन्सी, २६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको सहयोग परियोजना युएसएआइडीमा बयान गर्न नसकिने भ्रष्टाचार रहेको खुलासा गरेका छन् । उनले युएसएआइडीको भ्रष्टाचारको गहिरो छानविन भइरहेको भन्दै त्यसलाई बन्द गर्नुपर्ने बताइदिए ।

ट्रम्पले युएसएआइडीको रकम दुरुपयोगको छानविन गराइरहँदा विश्वभर तरंग आएको छ । विभिन्न देशमा युएसएआइडीको सहयोग रकम दुरुपयोगका सम्बन्धमा छाविन समेत चलाइएको छ ।

हँगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले सहयोग रकमको पारदर्शितालाई लिएर चासो व्यक्त गरेका छन् । उनले त्यसबारे छानिवन गर्ने र त्यस्ता निकायको सञ्जाल नै बन्द गरिदिने समेत बताए ।

प्रतिक्रिया