दिल्लीमा भाजपा बहुमततर्फ, आपलाई धक्का पुग्दा कँग्रेस आई सुन्य
![](https://nepalipen.com/wp-content/uploads/2025/02/Delhi-Election-2025.png)
एजेन्सी, २६ माघ । भारतको दिल्ली विधानसभामा भारतीय जनता पार्टीको स्पष्ट बहुमत आउने देखिएको छ । प्रारम्भिक मतगणनामा भाजपा ७० सिटको विधानसभामा बहुमतमा जिततर्फ बढेको छ ।
मतगणना भइरहँदा भाजपा ४१ सिटमा अग्रस्थानमा रहँदा आम आदमी पार्टी २९ सिटमा अगाडि छ । कँग्रेस आई कुनैपनि स्थानमा अग्रस्थानमा छैन ।
अरबिन्द केजरिवाल नेतृत्वको आम आदमीले दुई कार्यकाल दिल्लीमा शासन गरिसकेको छ । तेस्रो कार्यकाल विजय हासिल गरेर किर्तिमान बनाउने आपको प्रयास विफल हुने देखिइसकेको छ ।