हनी ट्रयापमा पारी १० लाखमा मोलमोलाई, प्रहरीले युवतीलाई यसरी समात्यो
![](https://nepalipen.com/wp-content/uploads/2025/02/honey-traper.jpg)
काठमाडौं, २४ माघ । हनी ट्रयापमा पार्ने गिरोहका सदस्य धमाधम पक्राउ पर्न थालेका छन् । विभिन्न व्यक्तिसँग सम्पर्क बनाउने र पैसा नदिए बलात्कार अभियोगमा फसाइदिन्छु या घरपरिवारलाई भनिदिन्छु भनी बार्गेनिङ गर्ने त्यस्ता व्यक्तिहरुलाई प्रहरीले खोजी खोजी समात्न थालेको हो ।
प्रहरीले चितवनको रत्ननगर वडा नं ८ घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई हनी ट्रयापमा संलग्न भएकोमा पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आचार्यलाई इलेक्ट्रीकल सामानहरु मर्मत गर्ने व्यक्तिलाई हनी ट्रयापमा पारी पैसा समेत लिएकी थिइन् ।
आचार्यले जर्बजस्ती करणी मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरी चेकमार्फत् तीन लाख लिएको र बाँकी ७ लाख एक हप्तामा दिने शर्तमा मोलमोलाई गरैकी थिइन् । यसपछि प्रमाणसहित उनलाई प्रहरीले तीनलाखको चेकसहित पक्राउ गरेको हो । उनको साथमा आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ ।