सुनको मूल्य उकालो लाग्यो
काठमाडौं, २२ माघ । सुनको मूल्य फेरि उकालो लाग्न थालेको । पौषमा घटेको सुनको मूल्य फेरि बढ्न थालेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १९ सयले बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको हो ।
विश्व बजारमा सुनको मूल्य बढिरहेको छ ।