३ आश्विन २०८१, बिहिबार | September 19, 2024

तालिवानको बर्बर शासनमा महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध


December 21, 2022
0
Shares

एजेन्सी, ६ पौष । महिलामाथि कठोर बन्दै आएको तालिवानी शासकले अफगानिस्तानमा नयाँ सूचना जारी गरेका छन् । अब उनीहरु विश्वविद्यालय जानबाट रोकिने भए ।

अफगानिस्तानको शिक्षा मन्त्रालयले महिलालाई विश्वविद्यालय जानबाट रोक्ने सूचना जारी गरेको हो । यो सूचना अनुसार तत्काल कार्यान्वयनमा ल्याइनेछ ।

यसअघि माध्यमिक र उच्च माध्यमिक तहमा महिलालाई रोक लगाइएको थियो । यो सूचनासँगै महिलाहरुमा रुवाबासी चलेको छ ।

सँसारभर यो कदमको भत्र्सना भइरहेको छ । तालिवान मुसलमानको कडा कानून लागू गरेको ठान्दछ । उसले दोस्रोपटक बन्दुकको बलमा सत्ता हातमा लिएपछि अफगानिस्तानमा कठोर शासन चलाइरहेको छ ।

प्रतिक्रिया