सीके राउतको स्वार्थमा मधेशमा अंग्रेजी कामकाजको भाषा
काठमाडौं, १० माघ । मधेश प्रदेशका मुख्यमन्त्री हुन् सतिसकुमार सिंह । उनी सीके राउत नेतृत्वको जनमत पार्टीका नेता पनि हुन् । राउतको स्वार्थमा मधेशको कामकाजको भाषामा अंग्रेजीलाई समावेश गरिएको छ ।
मधेशमा अंग्रेजी मातृभाषा भएका नै छैनन् । तर, अंग्रेजी भाषाको रोमन लिपी सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरी दस्तावेजीकरण र अभिलेखीकरण गरिने भनी किटान गरिएको छ ।
देवनागरी लिपिमा लेखिने नेपाली भाषा, मैथली, भोजपुरी, बज्जिका, हिन्दी भने कामकाजको भाषामा समावेश छन् । तर, थारु भाषा छुटाइएको छ ।
मधेशमा मैथली भाषी ४१.७३ प्रतिशत, भोजपुरी १८.८१, बज्जिका १८.४४, नेपाली ५.७६, थारु ४.१७, उर्दु ४.८, मगही ३.५२, तामाङ १.६५, मगर ढुट ०.७३ र हिन्दी भाषी ०.२३ प्रतिशत रहेका छन् । तर, राउतको स्वार्थमा अंग्रेजी कामकाजको भाषा बनाइएको छ ।
राउत लामो समय अमेरिका बसेर फर्किएका हुन् । उतै अध्ययन गरेका उनी मधेशलाई अलग्गै देश बनाउने पृथकतावादी गतिविधिमा पनि सक्रिय रहे । राष्ट्रिय सुरक्षामा खतरा बनिसकेका राउत पृथकतावादी गतिविधिबाट त ब्याक भए तर उनी शक्तिकेन्द्रलाई खुशी बनाउने गतिविधिमा सक्रिय भएका छन् । यसले उनको वास्तविक नियत खुल्न थालेको छ ।