सिमेन्टको भाऊ बढाएर बजार आतंक, ओली सरकार मूल्यवृद्धिमा सहयोगी
काठमाडौं, ८ माघ । उद्दोगी व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने ऐन संशोधन गर्न अध्यादेश ल्याएको सरकार सिमेन्टमा भाऊ दोब्बर बढ्दा आँखा चिम्लिएर बसेको छ । यसमा सरकारकै साथ रहेको देखिदैछ ।
प्रतिनिधिसभाको समितिमा नेकपा एसका सांसद किसान श्रेष्ठले त सरकारकै मूल्यमा सिमेन्ट उद्दोगीले दोब्बर भाऊ बढाएको टिप्पणी गरेका छन् । उद्दोगीले विद्युत महशुल लामो समय देखि नतिरेको र तिर्ने उद्देश्यले भाऊ दोब्बर पारेका हुन् ।
निर्माणको मौसम आइरहँदा सिमेन्ट उद्दोगीले दोब्बर मूल्य वृद्धि गर्नुमा डेकिकेटेड लाइनको महशुल तिर्नुपर्ने वाध्यता हो । नेपाल विद्युत प्राधिकरणले महशुल तिर्न वाध्य पारेपछि उद्दोगीले उपभोक्ता ठगीको उपाय रचेका हुन् ।
विगतमा पनि डेडिकेटेड र ट्रंक लाइनवापत्को महशुल बढी रहेको देखाउँदै उद्दोगीले सिमेन्टको मूल्य दोब्बर पारेका थिए । त्यतिबेला सिमेन्टको मूल्य ८ सय भन्दा माथि ११ सयसम्म पुगेको थियो । अहिलेको अवस्था ठिक त्यही नै छ । यसले उपभोक्ता निर्माण कार्य गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
विकास निर्माणको कार्यमा पनि असर परेको छ । ठेकेदारहरु मारमा परेका छन् ।