सोरस ‘अमेरिकामा पराजित’, अब यूरोप मुकाम बनाएर अस्थिरता मच्चाउने खतरा
एजेन्सी, ८ माघ । अर्बपति व्यापारी जर्ज सोरसले ओपन सोसाइटीका नाममा आफ्नो एजेन्डा विश्वभर लाद्ने गतिविधि चलार्उँदै आएका छन् । सामाजिक संस्था र मिडियामार्फत् अरबौं खर्चिएर उनले उदारताका नाममा भाँडभैलो मच्चार्उँदै आएका छन् । त्यसको शिकार नेपाल पनि बन्यो ।
सोरसले नेपालमा धर्मनीरपेक्ष संविधानमा लेखाउनका लागि माहोल तयार गर्न अरबौं रकम खर्चिए । उनले कुन संस्थालाई कति खर्चिए भन्ने खुलासा समेत भइसकेको छ ।
सोरसको सञ्जालले दक्षिण एशियाको भारत, नेपाल, बँगलादेशलगायतका देशमा जरा गाडेको छ । भारतको विपक्षी दल कँग्रेस आईनिकट संस्था पनि सोरसबाट रकम पाउनेमा परेको खुलिसकेको छ ।
सोरसलाई केही समययता अमेरिकाबाट पनि बलियो साथ थियो । तर, डोनाल्ड ट्रम्पको जितपछि सोरसलाई धक्का परेको छ । हँगेरीका पैधानमन्त्री भिक्टर अरबनले सोरस अमेरिकामा पराजित भएको र अब यूरोपतिर छिरेर सँसारभर आफ्नो विचार र आर्थिक स्वार्थ लिएर सक्रिय हुने बताए । सोरस तेस्रो लिंगी र समलिंगीको पक्षमा गतिविधि गराउन सक्रिय हुनसक्ने अरबनले औल्याए ।
अरबनको भनाई अनुसार सोरस यूरोपेली युनीयनको राजधानी ब्रसेल्समा केन्द्रित हुनेछन् । उनी मिसनमा लागेर मानवअधिकार र लोकतन्त्रको नाममा समलिंगी गतिविधिलाई प्रोत्साहित गर्ने देखि स्थानीय संस्कृतिलाई कमजोर पार्न लाग्नेछन् ।
इटालीकी प्रधानमन्त्री जिओरजिआ मेलोनीले जर्ज सोरस सँसारभर अस्थिरता मच्चाउन सक्रिय भएको आरोप लगाएकी थिइन् । सोरसको ओपन सोसाइटी सँसारभर आफ्नो स्वार्थको एजेन्डा लाद्न लागिपरेको उनको आरोप थियो ।
भारतमा सत्तारुढ भाजपाले त सोरस र उनीनिकटस्थको आलोचना गर्दै आएको छ । सोरसको पैसा भारतविरोधी गतिविधिमा प्रयोग भइरहेको भाजपाको आरोप छ ।
यसरी सोरस सँसारभर आलोचित भएपछि तरंग आएको छ । यसले उनले बनाएको सञ्जालमाथि नै धक्का परेको छ । ट्वीटर अर्थात् एक्सका मालिक मस्कले त सोरस पराजित भएको टिप्पणी गरिसकेका छन् ।